Bagmati Samachar Logo

सत्ता गठबन्धन बनेको दुई महिनापछि न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेको छ ।

आइतबार प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा चार सदस्यीय कार्यदल बनाउने सहमति भएको कांग्रेस प्रवक्ता रामशरण महतले बताए ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशरण महत छन्। यस्तै एमालेबाट उपमहासचिवद्वय विष्णु रिमाल र प्रदीप ज्ञवाली छन्।

आइतबार ओलीलाई भेट्न देउवा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेका थिए।

अपरान्ह ४ बजेदेखि ६ बजेसम्म छलफल भएको थियो। छलफलमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल थिए।
कांग्रेस प्रवक्ता महतका अनुसार कार्यदल गठन भएको छ, छिट्टै साझा कार्यक्रम ल्याउनेगरी कार्यदलले काम गर्नेछ।

असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो।

दुइ महिना हुनलाग्दा समेत सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक भएको छैन। जब कि साझा कार्यक्रम छिटै ल्याउने सहमति भएको थियो ।