Bagmati Samachar Logo

यी हुन एकीकृत समाजवादीको पदाधिकारीमा विजयी हुनेहरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारीको मतगणनामा परिणाम आउन सुरु भएको छ । जसअनुसार उपाध्यक्ष , उपमहासचिव र सचिवको परिणाम आएको हो ।

एकीकृत समाजवादीको उपाध्यक्ष (महिला) मा जयन्तिदेवी राई निर्वाचित भएकी छन् । उनले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । त्यस्तै उपाध्यक्ष (मधेशी) मा धर्मनाथ प्रसाद साह विजयी भएका छन् । उनले रामचन्द्र झालाई पराजित गरेका हुन् ।

खुला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने यसअघि नै राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तै सचिव दलितमा गणेश बिक, आदिाबासी जनजातिमा बलदेव चौधरी र खुल्लामा श्रीनाथ बराल, सावित्रा भुषाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए। यस्तै वरिष्ठ उपाध्यक्षमा मंगललबार नै राजेन्द्र पाण्डे निर्विरोध भएका थिए। यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ।