सरकारबाट समावेशीता र संघीयतामाथि प्रहार हुन थाल्यो : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारले समावेशीता र संघीयतामाथि प्रहार गर्न सुरु गरेको आरोप लगाएका छन् । शनिबार ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
अध्यक्ष यादवले वर्तमान सरकारले राजनीतिक स्थिरताको नाममा समावेशीतालाई हटाउने, थ्रेसहोल्ड बढाउने र संघीयतालाई समाप्त खोजेको भन्दै सरकारको उक्त रबैयाप्रति आपत्ति जनाएका छन् । संघीय प्रणालीलाई अन्त्य गरी केन्द्रिकृत र नियन्त्रित एकात्मक शासन फर्काउने तयारीमा सरकार लागेको आरोप लगाए ।
समावेशीता, स्वशासन, पहिचान र प्रतिनिधित्वको आधार नै संघीयता भएको भन्दै उनले ठूला दलका नेताहरुको अस्थिर मानसिकता, सबैथोक सरकार नै हो भन्ने सोच, सत्ताको लागि जे पनि कुकर्म गर्न तयार हुने व्यवहार, चरित्र र मानसिकता नै राजनीतिक अस्थिरताको मूल कारण भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: