सरकारले सुरुवाती दिनबाटै सुशासनको धज्जी उडायो : युवा नेता गौतम
हेटौंडा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुवाती दिनबाटै सुशासनको धज्जी उडाएको बताएका छन् ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट एसइइमा सफल भएका विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रममा गौतमले बर्तमान सरकार प्रथम दृष्टीमै सुशासन विरोधी रहेको पुष्टी भएको जिकिर गरेका हुन्। उक्त कार्यक्रम अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिले मकवानपुरगढी गॅाउपालिकाको भानु माविमा भएको थियो ।

नेता गौतमले भने, ‘प्रचण्ड सरकारले चलाएको सुशासनमुखी कदमबाट अत्तालिएकाहरुको गठजोडमा बनेको ओली सरकारले अर्बौको बिजूली बक्यौता उठाउने बिधुत प्राधिकरणको कदममा साधक बन्नु पर्नेमा उल्टो बाधक बनेर सुशासनको धज्जी उडाइको छ। सरकार गठन गर्दा सुशासन बिरोधी गठजोडको जे आरोप लागेको छ, सरकारको एकपछी अर्को कदम स्वयम्ले त्यसको पुष्टी गरेको छ ।’

कार्यक्रममा मकवानपुरगढी गॅाउपालिकाकी उपाध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य मानकुमारी नेपालीले विद्यार्थीले अब के पढ्ने भन्ने कुरा कसले भन्यो भन्ने आधारमा नभई मनले के भन्छ भन्ने आधारमा रोज्न, पढ्न सुझाव दिईन। त्यसैगरी भानु माविका प्रअ राजेश थापाले यस्ता कार्यक्रमले विध्यार्थीलाई मिहेनतपुर्वक अगाडी बढ्न थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे।
सम्मान कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला सचिव बीरबहादुर घलान, प्रदेश सदस्य सिता पुलामी, रिटर्नी सेन्टर मकवानपुरका ईन्चार्ज बिजय गौतम, अखिल (क्रान्तिकारी) प्रदेश सचिव रामकृष्ण शिवाकोटी, केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, जिल्ला अध्यक्ष बुद्ध अर्याल, जिल्ला सह सचिव सुजन सिलवाल, कोषाध्यक्ष अनिल बसेल माओवादी केन्द्र मकवानपुरगढी गॅाउपालिकाका पार्टी अध्यक्ष राजकुमार खड्का लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्: