Bagmati Samachar Logo

प्रचण्डले ओलीमाथि लगाए संसद विघटनकारीदेखि ढटुवाको आरोपहरु

काठमाडाैं । प्रधानमन्त्रीको हैसियतमा विश्वासको मत माग्दै पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि घम्भीर आरोप लगाएका छन् ।
अझ संसदलाई सम्बोधन गदै प्रचण्डले ससंसद विघटन गर्नेहरुले आफूलाई नैतिकताको पाठ सिकाएको भन्दै आक्रोश पोखेका छन् ।

अल्पमतमा परेपछि संसद विघटन गरे

प्रचण्डले आफू अल्पमतमा परेपनि संवैधानिक मूल्यमान्यतामा रहेको तर संसदमा अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेकाहरूले नै आफूलाई नैतिकताको पाठ सिकाएको भन्दै ओलीलाई संसद विघटन गर्ने भनेका छन् ।
ओलीप्रति व्यंग्य गर्दै अल्पमतमा पर्दा संसद विघटन गर्न बानी परेकाहरूले आफूलाई नैतिकताको पाठ नसिकाउन भनेका छन् ।

‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरूलाई र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो । ती साथीहरूलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा धेरै ठूलो लगानी छ ।’
प्रचण्डले पश्चगामी सोच लिएर कांग्रेस र एमाले मिलेको दाबी गरे ।

काण्ड नघटाएर सरकार चलाए

संसदमा सम्बोधन गदै प्रचण्डले कुनै यति, ओम्नी र गिरिबन्धुहरूको कलंक नबोकी पनि सरकार चलउन सकिन्छ भन्ने उदाहरण आफूले यो १९ महिनामा पेस गरेको बताए । उनले भने,‘ देशको एउटा विशेष वर्ग कानूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास ग¥यो,’ प्रचण्डले भने, ’कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश ग¥यो ।’
अल्पमतमा परेपछि नियुक्ति ओलीले गरेका थिए

तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा परेपछि संसदमात्र विघटन गरेनन् । अवैधानिक रुपमा नियुक्ति पनि गरेका थिए । तर आफूले नैतिक रुपमा त्यस्तो नियुक्ति गरेको भए प्रमाण पेश गर्न बताए ।

देश बाढीपहिरोको चपेटामा परेरको समयमा राहतको कुरा गर्नु छोडेर बेला बेलामा वक्तव्यबाजी गरेर कर्मचारीतन्त्रलाई धम्क्याएर र फकाएर सरकारलाई प्रभावहीन बनाउन कोसिस गरिएको पनि आरोप लगाए । उनले भने,‘एमालेले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालीन असरका निर्णय र कुनै पनि नियुक्ति गरेको छैन । तर ओलीले अल्पमतमा परेपछि पनि विगतमा कस्ता कस्तासम्म निर्णय गर्नुभएको छ, त्यो रेकर्ड इतिहासमा सुरक्षित छ ।’

राजनीतिक ढटुवा

प्रचण्डले नेपाली कांग्रेससँग असार १७ गते मध्यराति एमालेले समझदारी भइसकेपछि पनि १८ गते बिहानभरी ओलीले आफूलाई ढाँटेको आरोप लगाएका छन् ।

ओलीले राजनीतिमा ढाँटछल गरिरहेका बताएका छन् । उनले भने,‘ढाँटछलको पनि एउटा सीमा हुन्छ नि ? शेरबहादुरजी लगायत हामी तीन जना बसेर छलफल गर्ने हो भन्नु भयो । शेरबहादुर जीलाई फोन गर्दा सहमति भइसक्यो सरी भन्नु हुन्छ ।’

असार १७ गते राति सहमति भइसकेपछि १८ गते बिहान आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भएकै छैन भनेर आफूलाई ढाँटेको आरोप लगाए । उनले भने,‘म फोटो देखाउँछु, तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको फोटो आयो भन्दा पनि उहाँले कहिलेको फोटो रहेछ भन्नुहुन्छ । ढाँट्नुको पनि सिमा हुन्छ नी ?’

प्रचण्डले कांग्रेस एमाले मिलेर देशलाई निरंकुश र प्रतिगमन तर्फ लैजान्छन भन्ने डर लागेको बताएका छन् ।

कांग्रेस र एमाले मिलेर सरकारमात्र बनाउने नभई रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाड गर्न खोजेको पनि आरोप लगाए ।

दुई ठूला दल मिल्न अँध्यारो बन्द कोठा किन चाहिन्छ ? यसमा केहि न केहि षड्यन्त्र लुकेको उनले आरोप लगाए ।