Bagmati Samachar Logo

नयाँ सरकार गठनप्रति शेखरको आशंका संविधानको धारा ७६(३) अनुसार पनि सरकार बन्न सक्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस–एमाले मिलेर बन्ने भनिएको नयाँ सरकार संविधानको धारा ७६(३) बमोजिम पनि बन्न सक्ने आसंका व्यक्त गरेका छन् ।

गिरिजाप्रसाद कोइराला लेवर फाउन्डेसनले काठमाडौ‌ंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले अब बन्ने सरकार कुन धारा अन्गर्त बन्छ भन्ने नै निश्चित नभएइसकेको बताएका छन् । उनले यो नयाँ बन्ने भनिएको गठबन्धनको सरकार पनि चलेन भने देश कता जान्छ भनेर सोच्नुपर्ने बताए ।

आफूले सुरुदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता पैदा गरेको बताउँदै आएको शेखरले प्रस्ट पारे । ‘हामीले माओवादीलाई भोट हाल्यौँ । सरकार बनाउन प्रचण्ड एमालेसँग मिल्नुभयो । अस्थिरतालाई कहिलेसम्म बोकिराख्ने भन्ने लागेको थियो,’ कोइरालाले भने ।

उनले संविधानमा सुधार गर्नुपर्ने ठाउँ रहेको बताउँदै त्यसमा काम गर्नुपर्ने बताए । ‘कम्तीमा निर्वाचन प्रणाली सुधार्न सक्यौँ भने केही हदसम्म राम्रो हुन्छ । संशोधन गर्दा संविधानको मर्म मार्न हुँदैन । महिलाको ३३ र दलितको १४ प्रतिशत आरक्षण गर्दिनुपर्छ,’ कोइरालाले भने ।

उनले कांग्रेस–एमाले मिलेका भए पनि अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको बताए । ‘प्रचण्डले राजीनामा दिनुभएन भने के हुन्छ भने सोच्नुपर्छ । कहीँ ७६(३) मा पनि जानसक्छ । फेरि कोर्टमा जाला र झन्झट होला,’ उनले भने, ‘हामी सबै कुरामा चनाखो हुनुपर्छ ।