रास्वपा अनुशासन आयोगले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो ।
शुक्रबार उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । तर, ढकालले आफूलाई पार्टी सभापतिले स्पष्टीकरण नसोधेको बताए ।
महामन्त्री ढकालले आफूलाई पार्टी सभापति रवि लामिछाने बाहेकले स्पष्टीकरण सोध्न नपाउने बताए । अनुशासन आयोगले सोधेको प्रस्टीकरण पत्र नबुझ्ने उनले बताए । ३८ जिल्ला भ्रमणपछि पार्टीको वर्तमान अवस्थाबारे महामन्त्री ढकालले ३२ बुँदे प्रतिवेदन तयार पारेर पार्टी सभापति लामिछानेलाई बुझाएका थिए ।
पार्टीको हितविपरीत महामन्त्री ढकाल मिडियाबाजी गर्दै हिँडेको भन्दै प्रस्टीकरण सोधिएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्: