Bagmati Samachar Logo

नेकपा विभाजन हुँदा मलाईभन्दा बढी पीडा कसलाई भयो होला : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा विभाजन हुदा सबै भन्दा बढी पीडा भएको बताइन् ।
शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा गरेको कार्यक्रममा नेकपा विभाजन हुदा पीडा भएको बताइन साथै विभाजन रोक्न प्रयास गरे तर सफल हुन नसकेको बताइन् ।

‘झण्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने आफूलाई एकदमै चिन्ता लागेको बताइन् ।

२०७७ मा नेकपा विभाजन हुँदा भण्डारी राष्ट्रपतिको भूमिकामा थिइन् ।
उनले त्यतिबेला आफूले राजनीति नगरेको समेत दाबी गरिन् । आफूले गरेका गतिविधि राजनीति नभएपनि राजनीति गरेको भनेर आरोप लागेको उनको दाबी थियो ।

‘यो राजनीति होइन । यो राष्ट्रका लागि, राजनीति गर्नुपर्छ भने पनि गर्नुपर्छ । एजेन्सी खेल्ने । पार्टी नफुटाउभन्दा राजनीति हुने रु मैले थाहा पाएरै गरेको हुँ’, भण्डारीले भनिन्, ‘पाँच महिनामा महाधिवेशन हुन्छ भनेर पर्खन आग्रह गर्दा पनि नेताहरूले मान्नुभएन ।’

उनले अगाडि भनिन्, ‘तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ । हिजो एमालेको नेता हुनुहुन्थ्यो । एमालेचाहिँ किन नमिलाएको भन्ने पर्न सक्ला । कोसिस त मैले धेरै गरेको । मैले एमालेको लागि होइन देशका लागि गरेको जनतालाई सम्झेर । राजनीति भनेको राष्ट्रसेवा हो । यो व्यवसाय होइन । समाजसेवा, राष्ट्रसेवा हो ।’

त्यसवेला आफूले खुट्टा समातेर ढोग्नमात्र नसकेको भन्दै नेताहरूले विपक्षसँग साँठगाँठ गरेकाले समस्या आएको बताइन् ।

उनले एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको स्मरण गर्दै २०५० सालमा जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याले राष्ट्रले ठुलो घाटा बेहोरेको बताइन् ।

०५४ सालमा पनि आफूले पार्टी विभाजन गर्न नहुने अडान लिएको भन्दै उनले आन्तरिक रूपमा समाधान गरेर अघि बढ्न आग्रह गरेको स्मरण गरिन्।