सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै गण्डकी प्रदेश सभामा कारबाहीमा परेका फणीन्द्रको सांसद पद जोगियो
काठमाडौं । गण्डकीका सांसद फणीन्द्र देवकोटालाई पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । ह्वीप उल्लंघन गरेको भन्दै माओवादीको कारबाहीपछि सभामुखले कारबाहीको सूचना प्रदेशसभामा सुनाएका थिए । त्यसपछि उनी सांसदबाट पदमुक्त भएका थिए ।
तर, आफू नेकपा माओवादी केन्द्रको सांसद नभई नेपाल समाजवादी पार्टीको सांसद भएकाले माओवादीले कारबाही गर्न नमिल्ने माग गर्दै देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सोमबार सुनुवाइ गर्दै प्रकाशमानसिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
देवकोटा गोरखाबाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लडेका थिए ।



प्रतिक्रिया दिनुहोस्: