ओलीले नेपाललाई भने सरकारमा बस्ने कि बाहिर कित्ता क्लियर गर्नु होस्
काठमाडाैं । सत्तारुढ गठबन्धनमा तीन शिर्ष नेताहरुको आज सिंहदरबारमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई कित्ता क्लियर गर्न भनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा ओलीले नेपाललाई सत्ता पक्ष हुने कि प्रतिपक्ष हुने कित्ता क्लियर गर्न भनेको स्रोतले बताए । स्रोतले भने,‘तीन जना नेताहरुबीच भएको भेटवार्तामा एमाले अध्यक्ष ओली एसका अध्यक्ष नेपालसँग कडा रुपमा प्रस्तुत हुनु भएछ ।
सत्तागठबन्धनमा रहेर प्रतिपक्षको बैठकमा सहभागी हुनु भयो । तपाई गठबन्धनमा बस्ने कि प्रतिपक्षमा बस्ने पहिला क्लियर हुनु पर्छ । त्यसपछिमात्र , मधेश प्रदेश, सुदुरपश्चि प्रदेश सरकारका बारेमा कुरा हुन्छ ।’
नेपाल प्रतिपक्षको बैठकमा सहभागी भएपछि सत्तागठबन्धनमा अविश्वास बढेको बताइन्छ ।
प्रधानमन्त्री प्रचण्डले भने समन्वयकारी भूमिका खेलेको स्रोत बताउछन् । स्रोतले भने,‘प्रधानमन्त्रीले बैठकमा समन्वयकारी भूमिका खेल्नु भएछ । माधव नेपाल आफूलाई सोधेर बुढानिलकण्ठ गएको बताउनु भएछ । त्यसपछि समसामयीक विषयमा छलफल भएछ ।’
शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता भएको थियो । सो क्रममा ओलीले समसामयिक राजनीतिका विषयमा छलफल भएको बताएका थिए ।
आजको बैठकमा प्रमुख प्रतिपक्ष दलले बोलाएको बैठकमा सहभागी भएको विषयलाई ओलीले बढी गम्भीरताका साथ लिदै आफ्नो पक्ष क्लियर गर्न भनेका थिए ।
बैठकमा संघीय सरकारका काम, सुदुरपश्चिमको सरकार, मधेश तथा बागमती प्रदेशको सरकारका विषयमा पनि छलफल भएको बताइएको छ ।
अहिले पनि नेकपा एसमा दुई पक्ष छन् उपाध्यक्ष राजेन्द्र पाण्डे, मेटमणी चौधरी लगायतका कतिपय नेताहरू सरकार छोड्नुपर्ने पक्षमा छन् ।
तर समाजवादीका बहुमत नेताहरू भने गठबन्धन तोडेमा पार्टी नै विभाजन गर्ने पक्षमा रहेको बताइन्छ ।
स्रोतका अनुसार नेपाल प्रतिपक्षको गठबन्धनमा सामेल भए पार्टी फुटाएर भएपनि गठबन्धन जोगाउने बचन प्रधानमन्त्री र ओलीलाई झलनाथ खनालले दिएका छन् ।
आजको बैठकमा नेपालले यो गठबन्धन भन्दा आफू बाहिर नगएको र प्रधानमन्त्रीसँग नै सल्लाह गरेर बुढानिलकण्ठ गएको बताएपछि सुदुरपश्चिम सरकारलाई विस्तार गर्न ओली सहमत भएको बताइन्छ । सुदुरपश्चिम प्रदेशमा नेकपा एसका दिर्घ सोडारी मुख्यमन्त्री छन् । एमाले माओवादी अहिलेसम्म सरकारमा सामेल भएका छैनन् ।
मधेश प्रदेशको सरकार मिलेमा आफैसँग राख्ने योजनामा एमाले अध्यक्ष ओली रहेको पनि स्रोतले बताए ।
प्रतिक्रिया दिनुहोस्: