प्रचण्ड सरकारबाट उपेन्द्रले राजीनामा दिएसँगै समर्थन फिर्ता लिए
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुले आज मन्त्रीबाट राजीनामा दिएका छन् । प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरीएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
संसदीय दलका नेता उपेन्द्र यादवले सोमबार प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् ।
समर्थन फिर्ता लिएको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: