राजीनामा दिनुअघि लुम्बिनीका मुख्यमन्त्रीको आरोप : प्रधानमन्त्री प्रचण्डका कारण संघीयता नरहन सक्छ
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् ।
प्रदेश सभामा राजीनामा घोषणा गर्नु अघाडि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रति आक्रोस पोखेका छन् । उनले प्रधानमन्त्री प्रचण्डका कारण संघीयता धरापमा परेको आरोप लगाए । बिहीबार प्रदेशसभासमक्ष राजीनामा दिँदै उनले प्रधानमन्त्रीको उथलपुथलका कारण संघीयता धरापमा परेको आरोप लगाएका हुन् ।
उनले भने, ‘यहाँ कुनै साथीलाई रमाइलो लागेको होला । सत्ता आएको होला । तर सत्ताले सबै कुरा दिँदैन । सबै मिलेर प्रदेश, संविधान र संघीयताको औचित्य पुष्टी गर्नुपर्छ । यसबारे गम्भीर बनौँ । बहस गरौं । राजनीति उथलपुथल गरेर वा एक अर्काप्रति लाञ्छना लगाएर गयौँ भने हामी कतै पुग्दैनौँ ।’
प्रचण्डलाई लक्षित गर्दै उनले भने, ‘देशका प्रधानमन्त्री कहिले फुत्त यो गर्छु कहिले फुत्त उ गर्छु भनेर देशमा विकास पनि हुँदैन । यसले संघीयता पनि धरापमा पर्छ । उहाँको फुत्तले संघीयता बच्न पनि सक्छ । संघीयता जान पनि सक्छ । आफू उफ्रिएको धरातल हेरेनौँ भने यही अन्त्य पनि हुन्छ । कुर्सी साटासाट हामी कतै पुग्दैन ।’
संघीयतामाथि जटिल प्रश्न उठेको भन्दै उनले यस्तो अवस्था आउनुको कारण प्रदेश नभई संघका नेताहरू भएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्: