कर्णालीका मुख्यमन्त्री शर्मालले भने–विश्वासको मत लिन्छौँ, फोन आएको थाह छैन
काठमाडौं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् ।
केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रदेश सरकार पनि फेरबदल भएका छन् । केन्द्रको सहमति अनुसार माओवादीले बागमति र लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिने सहमति भएको छ । तर कर्णालीमा पहिला पनि आलोपालोमा पहिला माओवादी र त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यहि सहमति अनुसार अहिले सरकारको नेतृत्व माओवादीले गर्ने तयारी गरेको माओवादीका नेताहरु बताउछन् ।
मुख्यमन्त्री शर्माले मंगलबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकाले त्यहि अनुसार विश्वासको मत लिने शिलापत्रलाई जानकारी दिए । मुख्यमन्त्री शर्माले भने,‘आज हामी विश्वासको मत लिन्छौ । पहिला नै तय भएको भएर आज विश्वासको मत लिन्छौ । अरु कुरा हामीलाई थाह छैन ।’
केन्द्रमा सत्ता समीकरणमा फेरबदल भएपछि कर्णालीमा पनि फागुन २२ गते कांग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि एमाले र माओवादीको गठबन्धन बन्ने भएको थियो । तर कसको भागमा कुन प्रदेश पर्ने निश्चित नभएको हुदा एमाले सरकारमा सामेल भएको छैन ।
आज मुख्यमन्त्री शर्माले विश्वासको मत लिन तयारी गरेपछि सोमबार नै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नलिएर एमालेलाई मुख्यमन्त्री दिन सर्कुलर जारी गरेका थिए । तर शर्माले भने आज विश्वासको मत लिने र पहिला भएको सम्झौता अनुसार नै अगाडि बढ्ने बताए ।
भागबण्डा अनुसार नभएर पहिलाको कार्यसूचि अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरेका छन् ।
एमालेले मत नदिए कांग्रेस तयार
शर्माले विश्वासको मत लिदा सत्ता समिकरणमा आएको एमालेले पनि विश्वासको मत दिने विश्वास लिएका छन् । त्यहि भएर पनि उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।
यदि एमालेले विश्वासको मत नदिने अवस्था आउन सक्ने आँकलन गरेका शर्माले कांग्रेससँग निरन्तर छलफल गरेको माओवादीका एक कर्णालीका सांसदले बताए । ती सांसदले भने,‘एमालेले नै विश्वासको मत दिन्छ । यदि यस्तो भएन भने विकल्पमा पनि छलफल जारी रहेको छ । विश्वासको मत लिन्छौ ।’
४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ । माओवादीका १३ र एमालेका १० सांसद छन् । सरकार बनाउन माओवादी एमाले मिले पुग्छ । यहाँ माओवादी ठूलो दल हो ।
प्रतिक्रिया दिनुहोस्: