Bagmati Samachar Logo

एउटा चिर्कटो उजुरी हालेको आधारमा पदबाट राजीनामा दिन सकिँदैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एउटा चिर्कटो उजुरी हालेको आधारमा पदबाट राजीनामा नदिने बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

काम गर्न नसके कसैले संसद वा सडकमा राजीनामा माग्नु नपर्ने आफै राजीनामा दिने उनले बताएका छन् । उनले भने,‘रास्वपाका मान्छेहरु खल्तीमा र आफ्नो ब्यागमा राजीनामा बोकेर हिँडेका छन्।तर कसैले एउटा चिर्कोटमा हालेको उजुरी प्रहरी कार्यालयको ड्रयरमा बसेको उजुरीमा राजीनामा दिइन्न ।’

उनले कांग्रेस प्रति ब्यङग्य गदै अख्तियारमा झन्डा हल्लाउँदै बयान दिन जाने मान्छेले आफ्नो राजीनामा मागेको बताए।
उनले भने, ‘अस्तीसम्म झण्डा हल्लाएर अख्तियारमा बयान दिने मन्त्री बोकेर हिँडेको थियो।अस्ती रोष्टम घेर्न जाँदा त म हल्लिदै गरेको अवस्थामा तिनैलाई देख्दैथिएँ म त।राजीनामा दे, राजीनामा दे भन्ने को रहेछन् भनेको त अख्तियारमा झण्डा हल्लाउँदै बयान दिन जाने मान्छेको पो ।’

मन्त्री लामिछानेले आफू सरकारमा बसेको समयमा कांग्रेसले नैतिकता भुलेको पनि बताए।

गृहमन्त्री लामिछानेले आफू सरकारमा बसुन्जेल नैतिकता नचाहिने ? सरकारमा हुदा नैतिकता देखाएको भए ,हाम्रो मन्त्रीलाई निकाल्यौ भनिदिएको भए हुन्थ्यो नि भन्दै प्रश्न गरेका छन् ।