माओवादीका तीनमन्त्री दोहोरिए, वर्षमान र हितबहादुरको इन्ट्री हुदा सुदन किराँती आउट
काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँच जना मन्त्रीको नाम टुंग्याएको छ । माओवादी केन्द्रले सत्ता गठबन्धनको भागबण्डामा पाँच मन्त्रालय पाएको छ । माओवादीले अर्थमा वर्षमान पुन, उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई पठएको छ ।
यस्तै रेखा शर्मा र शक्ति बस्नेत पुरानै मन्त्रालयमा दोहोरिने भएका छन् । शर्मा सञ्चार र बस्नेत ऊर्जामा यथावत रहेका छन् ।
नयाँ मन्त्रिपरिषद्मा पुन र हितबहादुर तामाङ नयाँ हुन् । पुन अघिल्लो पटक मन्त्री बनेका थिएनन् । तामाङ पहिलो पटक मन्त्री बन्दै छन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी छ ।
माओवादीमा पर्यटन मन्त्री सुदन किराँती भने आउट भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: