Bagmati Samachar Logo

माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र ओली कोटेश्वरमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्न प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली कोटेश्वर पुगेका हुन् । दुबै जना नेताले नेपालसँग भेटेरै सत्तागठबन्धनमा सहभागी हुने बारेमा कुरा गरेको बताइएको छ । छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी छन्।

‘प्रधानमन्त्री प्रचण्ड र ओली माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । नेपालसँग कुरा फाइनल भएपछि मात्र गठबन्धनमा मन्त्रालय भागबन्डाबारे छलफल अघि बढ्ने एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बताए । उनले भने,‘पहिला गठबन्धनमा आउने दलका बारेमा टुङ्गो लगाउने तयारी भइरहेको छ । त्यसपछिमात्र मन्त्रालय भागबण्डा लाग्ने छ ।’

सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए।

एमाले अध्यक्ष ओलीले भने फोन गरेर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए।

गठबन्धनमा सहभागी हुने या नुहने भन्नेमा छलफल गर्न एकीकृत समाजवादीको बुधबार बिहान सचिवालय बैठक बोलाएको छ ।