Bagmati Samachar Logo

प्रचण्डको पदाधिकारी बैठकमा ब्रिफिङ : डामिएका मन्त्री हटाउन दिएन, अर्थमन्त्रीले सहयोग गरेन

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठकमा कांग्रेसले अख्तियारले बयान लिएका मन्त्रीलाई हटाउन नदिदा गठबन्धन तोड्नु पर्ने बाध्यता आइ लागेको बताएका छन् ।

सोमबार बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डले अर्थमन्त्री प्रकाशशरण महतले आफूले भनेको नमानेका कारण यो गठबन्धन तोड्नु पर्ने भएको ब्रिफिङ गरेको माओवादी सचिव गणेश साहले बताए । उनले प्रधानमन्त्रीको भनाइ भन्दै भने,‘अर्थमन्त्रीले आफूले भनेको पटक्क नैमान्दा अर्थतन्त्रमा सोचजति आसा जगाउन सकिएन । जसका कारण जनतामा निरासा थपिन थाल्यो । कांग्रेसले सहयोग नगर्दा उता एमालेले वामगठबन्धन होइन एकताको तयारी साथ जाउ भन्ने प्रस्ताव गरेका छन् । अब कांग्रेससँग अगाडि जान सकिदैन ।’

प्रचण्डले बैठकमा कांग्रेसले सहयोग नगरेको , महासमिति बैठकमा माओवादी जनयुद्धलाई नचाहिदो भनेको , कोशीमा पहिला सरकारब नाउदा धोका दियो पछि राष्ट्रिय सभामा धोका दियो । अब वामपन्थी मिलेर जानु पर्छ । त्यसको लागि अहिले वातवरण बनेको बताएका सचिव देवेन्द्र पौडेले बताए । प्रचण्डको भनाइ भन्दै पोडेलले भने,‘यताबाट हिड्दा पनि रिक्स छ अर्को बाटो हिड्दा पनि रिक्स छ । एक बाटो रोज्नु नै प¥यो । त्यहि भएर अर्को बाटो भन्दा वामपन्थीबाटो तुलनात्मक रुपमा सुरक्षित छ । सरकारमा भएपनि सजिलो छ । सडकमा गएपनि सहज छ । अर्थमन्त्रीले सहयोग नगर्दा झन अप्ठेरो भयो । कांग्रेसले सुरुबाट नै सरकार आफ्नो हो भन्ने सन्देश दिएन ।’

एमालेले वामपन्थी मिलेर जानु पर्छ भन्ने प्रस्ताव गरेकाले यो बाटो हिड्न तयार भएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए ।

कांग्रेसको एक पक्ष सरकारमा हुने अर्को पक्षले सरकारको र प्रधानमन्त्रीको खेदो खन्ने काम भयो । अन्तिमा आएर शान्ति प्रक्रियामा पनि अत्तो थाप्ने काम गरेको भन्दै प्रचण्डले पार्टी बैठकमा कांग्रेस प्रति गुनासो गरेका पौडेले बताए ।

सरकारमा कांग्रेसका मन्त्रीहरुको प्रफोमेन्स देखिएन भनेर लामो समयदेखि आलोचा भइरहेको थियो । सरकार माओवादीको जस्तामात्र भयो भनेर कांग्रेसको संस्थापन इतर समुहले प्रधानमन्त्री र मन्त्रीको चर्को आलोचना गदै आएका थिए ।
गृहमन्त्रीले फेर्न कांग्रेसले प्रधानमन्त्रीलाई दबाब दिदै आएका थिए । तर प्रधानमन्त्री गृहमन्त्री होइन अर्थमन्त्री फर्न चाहन्थे तर कांग्रेसले अर्थमन्त्रीले देशलाई श्रीलंकाको अवस्था आउनबाट जोगाएको भन्दै हटाउन नदिदा प्रधानमन्त्री प्रचण्डले दबाबमा सरकार चलाउनु परेको बैठकमा बताएका साहले बताए ।
साहले भने,‘प्रधानमन्त्रीले स्थायी समितिको बैठकमा नै कांग्रेसले धोका दिएको । नयाँ तरिकाले सोच्नु पर्ने अवस्था आउन सक्छ भन्ने तरिकाले ब्रिफिङ गर्नु भएको थियो । सरकार संचालनमा कांग्रेसका कारण असहज भएपछि वामगठबन्धन बनेको हो । यो गठबन्धनको भविश्य पनि ठिक छ । हामी इमानदार हुदा पनि कांग्रेसले धोका दियो ।’
एमालेको प्रस्तावसँग प्रचण्ड ढीला विश्वस्त भएको बताइन्छ । राष्ट्रिय सभामा भागबण्डा गरौ भन्दा त्यति सहज रुपमा नमानेको एमालेले अध्यक्षमा सहयोग गर्छु भन्दा सहज रुपमा नलिएको बताइन्छ । तर अन्तिम समयमा कांग्रेसले टिआसी विधेयक नै समितिमा रोकेपछि प्रचण्डले कांग्रेसले बाग्रेनिङ गरेको बुझेको बताइन्छ ।