थापाथलीको प्रसूतिगृहबाट नवजात शिशु चोरी
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट नवजात शिशु चोरी भएको छ ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार शुक्रबार बिहान पार्किङ क्षेत्रबाट एक महिलाले शिशु चोरेकी हुन् ।
‘पार्किङ क्षेत्रमा चिनजान नभएकी महिलालाई एकछिन बच्चा हेरिदिन भन्दै रिपोर्ट लिन जानुभएको रहेछ । पछि महिला हिँड्नुभएछ,’ अधिकारीले भने ।
२३ दिनअघि सुत्केरी भएकी महिला ओपीडी चेकजाँचका लागि अस्पताल पुगेकी थिइन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: