बाबुरामको पार्टीसँग एकता गर्न प्रचण्ड आफै अघि सरे
नेकपा माओवादी केन्द्र बाबु्राम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्न तयार भएका छन् ।
शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गर्न संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको र त्यो समितिले बाबुराम भट्टराईको नेसपासँग छिटै पार्टी एकता गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य कमला रोकाले बताइन् ।
उनले भनिन्,‘अध्यक्षको नेतृत्वमा संयोजन समिति बनाउने निर्णय भएको छ । उक्त समितिले छिटै बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने छ ।’
भट्टराई नेतृत्वको नेसपा गत वर्षको निर्वाचनमा प्रदेश र संघमा माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लडेको थियो । भट्टराईले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा छोडेका थिए । प्रचण्ड र बाबुराम गत वर्ष निकट थिए ।
तर राष्ट्रपतिको निर्वाचनको समयदेखि दुबै नेताबीच सम्बन्धमा खटपट सुरु भयो । असारमा समाजवादी मोर्चा बनाउदा बाबुराम र प्रचण्डबीच अझ दुरी बढ्यो ।
तर अहिले भने प्रचण्ड बाबुरामसँग एकता गर्न आफै अगाडि सरेका छन् । उनले आफ्नै नेतृत्वमा समिति बनाएर छिटै पार्टी एकता गर्ने स्थायी कमिटी बैठकमा निर्णय गराएका छन् ।
बाबुरामसँग पहिला एकता गरेर विप्लवसँग एकता गर्ने तयारीमा माओवादी रहेको बताइन्छ । जब कि माओवादी केन्द्रले विचार मिल्नेसँग एकता गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य रहेको कार्यदल गठन गरेको छ । तर उक्त समितिले अहिलेसम्म कुनै पनि दलसँग एकता गर्न सकेको छैन ।
अहिले प्रचण्डले भट्टराई नेतृत्वको नेसपासँग एकता गर्ने योजना बनाएका छन् । जब कि गत वर्ष माओवादीका उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्माले भट्टराईसँग पहिला एकता गर्ने योजना बनाएका थिए । तर प्रचण्डले नचाहदा एकता भएको थिएन ।
नेसपाले पनि त्यो समयमा सहअध्यक्ष गंगा श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
तर केहि समय पहिलाबाट उताबाट पनि बाबुराम नै पार्टी एकता गर्ने गरी अगाडि सरेको बताइन्छ ।
पार्टी एकता गर्ने नै भएपछि आफ्नै नेतृत्वमा एकता गर्ने गरी बाबुरामले प्रचण्डसँग डिनर सहितको भेटघाट गरेका थिए ।
जब कि एक समयमा २०७२ सालमा माओवादी छाडेका बाबुरामभन्दा पहिले विप्लव ल्याउने तयारीमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष कृष्णबहादुर महरा थिए । पुन र शर्मा बाबुरामलाई छिटो ल्याउन चाहन्थे । तर माओवादीका नेताहरुको आपसी दाउपेचले गर्दा विप्लवसँग पहिला एकता गर्ने कि बाबुरामसँग भन्ने थियो । अहिले बाबुरामसँग एकता गर्न प्रचण्ड नै अगाडि बढेका छन् । बाबुराम पनि पार्टी एकता गर्न तयार रहेको बताइन्छ ।
माओवादीमा विप्लवसँग एकता गरेर जानु पर्छ भन्नेमा एकमत भएपनि संगठनको भागबण्डामा सहमति छैन । जब कि महरा विप्लसँग एकता गरेर महासचिव नै बनाउने तयारीमा थिए । त्यसको लागि प्रचण्ड पनि तयार थिए । तर पछिल्लो समयमा माओवादीमा महरा र उनका छोरा सुन प्रकरणमा जोडिएपछि कमजोर बन्दै गएका छन् । जसको असर पार्टी एकता गर्ने कुरामा पनि परेको छ ।
महरा पार्टीमा कमजोर बनेपछि पुन र शर्मा हाबि भएका छन् । उनले विप्वलभन्दा पहिला बाबुरामसँग एकता गरेर जान चाहेका छन् ।
पछिल्लो समयमा विप्लव नेतृत्वको नेकपा विभाजन भयो । विभाजन पछि उनको संगठन कमजोर हरेको विश्लेषण माओवादीको छ । उनीसंग अहिले संगठनात्मक रुपमा कमजोर रहेको हुदा ठूलै पद दिएर ल्याउन नहुने तर्क माओवादीका नेताहरुको थियो ।
विप्लवसँग सम्बन्ध पार्टी विभाजन गरेर धमेन्द्र बाँस्तोलाहरूले वैद्यसँग एकता गरे । विप्लवसंग पहिला जस्तो संगठन बलियो नभएकाले एकता गर्न नेताहरु धेरै चासो नदिनेमा पुगेका छन् । त्यसैमा सुरुमा नै विप्वलवलाई महासचिव बनाउने हल्ला चलेपछि माओवादी केन्द्रका नेताहरु एकता टादै गएका छन् ।
असारमा समाजवादी मोर्चामा बाबुरामलाई छोडेर विप्लवलाइ ल्याएका थिए । अहिले पनि विप्लवलाई मोर्चामा नै राखेर बाुबरामसँग एकता गर्ने तयारी गरेको रोका बताउछिन् ।
सशस्त्र द्वन्द्वको बचाउमा विप्लव खरो रुपमा प्रस्तुत हुदै आएका छन् । सांगठनिक रूपमा उनी निकै कमजोर बनेका छन् । त्यही भएर पनि माओवादी केन्द्रका दोस्रो तहका नेताहरू एक भएर उनलाई महासचिवमा रोक्न चाहन्थे । जसमा उनीहरु सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: