माओवादी केन्द्रले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार (नामावलीसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा चुनावका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धनमा माओवादीले ६ सिट पाएको छ । राष्ट्रियसभाका १९ सिटमा चुनाव हुदै छ ।
आइतबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । माओवादीले कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरूपा शर्मा, लुम्बिनी प्रदेशबाट झक्कु सुवेदी, कर्णाली प्रदेशबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशबाट रेणु चन्दको नाम टुंगो लगाएको हो ।
२३ पुसमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता हुँदै छ भने ११ माघमा चुनाव हुनेछ ।
सत्ता गठबन्धन मिलेर चुनावमा जाने भएकाले माओवादीले उठाउने सबै उम्मेदवारले जित्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्: