Bagmati Samachar Logo

नेकपा एस निकट अनेरास्ववियूको अध्यक्षमा आरती लामा

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन्।
८ गतेदेखि जारी संगठनको सचिवालय बैठकबाट लामा अध्यक्ष चयन भएकी हुन् ।

अनेरास्ववियूका अध्यक्ष रहेका सुदेश पराजुलीले महाधिवेशन आयोजक कमिटीको अध्यक्ष चयन गराउदै संगठनबाट विदा लिएका छन् ।

तीन दिन सम्म चलेको सचिवालयको बैठकले अध्यक्ष लामा र महासचिव महेश श्रेष्ठ चयन गरेको हो ।

लामा यसअघि अनेरास्ववियूकी महासचिव थिइन्। एमाले विभाजन हुनु भन्दा पहिला नै पराजुली र लामाले समानान्तर कमिट बनाएका थिए ।