समाजवादी मोर्चाको १५ बुँदे प्रतिबद्धतादेखि चिवालय गठनसम्म
काठमाडाैं । राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनको पक्षमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीता, जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुदलीयप्रतिस्पर्धा, आवधिकनिर्वाचन, कानुनी राज्य निमार्ण गर्न समाजवादी मोर्चा निमार्ण गरेको छ ।
समाजवादी मोर्चा निमार्णको आधार पत्रमा भनिएको छ धर्मनिरपेक्षता, लोककल्याणकारी राज्य, समावेशी लोकतन्त्र लगायतका लोकतान्त्रिक मूल्यमान्यता र समाजविकासको क्रममाविकसित ज्ञान, विज्ञान र प्रविधि समेतको आधारमासमाजवादीगणतन्त्रात्मक राज्यनिर्माण गर्ने सङ्कल्पगर्दै, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण र संस्थागतविकास गरी मुलुकको विकास, समानता, सुशासन, सम्पन्नता, सामाजिक सुरक्षा, आर्थिक एवम् सामाजिकन्यायसहितकोअग्रगामी रूपान्तरण तथानेपालीविशेषताको समाजवादको लक्ष्यप्राप्तितर्फ दृढतापूर्वक अगाडि बढ्ने सङ्कल्पगर्दैछौ दस्तावेजको प्रस्तावना उल्लेख गरिएको छ ।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव तृत्वको नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चामा रहेका छन् ।
मोर्चाले सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर समाजवादी मोर्चा सार्वजनिक गर्न लागेका हुन्।
मोर्चामा भएका संसदमा सहभागी तीन वटा दलहरु सरकारमा छन् । तर पनि मोर्चा बनाएर जान तयार भएका हुन् । साथमा संसद बाहिर रहेका विप्लव पनि मोर्चामा अटाएका छन् ।
दस्तावेजमा मोर्चाका उद्देश्य तथा नीतिगत प्रतिबद्धताहरू १५ वटा रहेका छन् । संगठनात्मक संरचनाको खाका पनि प्रस्तुत गरेको छ । मोर्चाको नीतिगत निर्णय गर्न सदस्यदलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति हुने छ । उक्त समितिले आवश्यकताअनुसार उपसमितिहरू गठन गरी क्षेत्राधिकार तोक्न सक्ने व्यवस्था गर्ने उल्लेख गरेको छ । मोर्चालाई आवश्यकताअनुसार प्रदेश र स्थानीयतहसम्म विस्तार गरिने पनि उल्लेख गरेकाो छ ।
मोर्चाको दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय बनाउने दस्तावेजमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्: