Bagmati Samachar Logo

भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन जित्नका लागि रु. २५० मा भर्ना

काठमाडौँ । देशमा शिक्षा महङगो भयो भनेर बहस भइरहेको समयमा भक्तपुर बहुमुखी क्याम्पसमा भने रु २५०मा क्याम्पस भर्ना हुन पाइन्छ । क्याम्पस प्रशासनले स्ववियु निर्वाचनलाई लक्षित गरेर उक्त भर्ना गरेको त्यहाँका विद्यार्थी संगठनका नेताहरु बताउछन् । ठूला विद्यार्थी संगठनहरुसंग मिलेर प्रशासनले नेविसंघ र एमाले निकट अखिलका विद्यार्थी भर्ना गरेको अन्य संगठनका नेताहरुले आरोप लगाएका छन् ।

कहि ६ वर्ष पछि त कहि १४ वर्ष पछि स्ववियु निर्वाचन हुदै छ । राजधानीका केहि क्याम्पसहरुमा निर्वाचन स्थिगीत भएको छ ।
भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचनको मुखमा आएर प्रतिव्यक्ति रु. २५० मा लिएर भर्ना गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध गदै आएका छन् । तर क्याम्पस प्रशासन र निर्वाचन आयोगले उनीहरुको कुरा सुनाइ गरेको छैन ।
चुनावको क्रममा भएको सर्वदलीय बैठकमा फागुन २९ गते क्याम्पस प्रमुख कृष्णप्रसाद पोखरेलले नै २१ जना विद्यार्थीलाई मात्र तोक लगाएर रु. २५० मा भर्ना गरेको सार्वजनिक रुपमा स्वीकारेका बैठकमा सहभागी एक विद्यार्थी नेताले बताए ।
यद्यपि फर्जी भर्ना खारेजीका निम्ति संघर्षमा उत्रेका विद्यार्थी संगठनहरूले २१ जनाभन्दा पनि बढी विद्यार्थीलाई रु २५० मा भर्ना गरेको भन्दै विरोध जनाउदै आएका छन् । तर निर्वाचन आयोगले अन्य विद्यार्थी संगठनको कुरा नसुनेको आरोप विद्यार्थी नेताहरुको छ । क्याम्पसले उनीहरूले रु. २५० मा विद्यार्थी भर्ना गर्नुको आधार स्पष्ट नभएको जिकिर गरेका छन् ।
रु. २५० मा भर्ना भएका विद्यार्थीहरूमध्ये नेविसंघ, अनेरास्ववियु नेता तथा कार्यकर्ताहरू परेका छन् ।

यहाँ सम्म की रु. २५० मा भर्ना गर्नेहरूमा सूर्यविनायक नपा. वडा नम्बर ६ का जनप्रतिनिधि दिप गिरी पनि छन् । नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य बनेका गिरीको सूर्यविनायक–६ स्थित गणेश मन्दिरनजिकै तीन तलाको पक्की घर छ । तर वडा सदस्यलाई नै २५० लिएर भर्ना गर्नुमा स्ववियु निर्वाचन प्रमुख कारण भएको विद्यार्थी बताउछन् ।
२०६० सालयता सो क्याम्पसको स्ववियुमा विजयी हुँदै आएको नेमकिपानिकट नेपाल क्रान्तिकारी विद्यार्थी संघविरुद्ध भक्तपुर बहुमुखी क्याम्पसमा झन्डै १९ करोड रुपैँयाबराबर विदेशी अनुदानमा नयाँ भवन बन्दै छ । त्यहि भवन निमार्णको कुरामा ठूला विद्यार्थी संगठनहरूले गठबन्धन बनाएको आरोप साना विद्यार्थी संगठनले लगाएका छन् । २०६० सालअघि उक्त क्याम्पसको स्ववियु निर्वाचनमा सदैव नेविसंघ विजयी हुने गरेको जानकारहरू बताउँछन् ।

आसन्न स्ववियु निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेक्राविसंघ, अखिल क्रान्तिकारी संयुक्त, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलगायत विद्यार्थी संगठनहरूले मनोनयन दर्ता गराएका छन् ।