नवनिर्वाचित राष्ट्रपति पौडेलले कांग्रेसबाट दिएको राजीनामा देउवाले गरे स्वीकृत
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसको साधारण सदस्यसमेतबाट दिएको राजीनामा दिएका छन् । पौडेलले आइतबारै राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आइतबार उनको राजीनामा स्वीकृत गरेका हुन् । ।
राष्ट्रपति कुनै पार्टीमा संलग्न हुन नपाउने संवैधानिक व्यवस्थाअनुसार पौडेलले पद तथा गोपनीयताको शपथ लिनु अघि नै आइतबार कांग्रेसबाट राजीनामा दिएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्: