Bagmati Samachar Logo

प्रेस सेन्टर मकवानपुरद्वारा ५ जना पत्रकार पुरस्कृत, ५ जना महिला पत्रकारलाई सुत्केरी प्रोत्साहन

हेटौंडा । प्रेस सेन्टर मकवानपुरले पाँच जना पत्रकारलाई पुरस्कृत गरेको छ । शनिबार प्रेस सेन्टर मकवानपुरको वार्षिक साधारणसभाको अवसरमा जनही पाँच हजार रुपैयाँसहित पाँच जना पत्रकारलाई पुरस्कृत गरेको हो ।

यसका साथै ५ जना महिला पत्रकारलाई सुत्केरी प्रोत्साहनसहित जनही ५ हजार रुपैयाँ प्रदान गरेको छ । १५ जना पत्रकारलाई सम्मान पनि गरेको छ ।

पुरस्कृत हुने पाँच जना पत्रकारमा भावना रिजाल, तिलक अधिकारी, बालकृृष्ण अधिकारी, राममणि दाहाल र भानुभक्त आचार्य छन् ।

सम्मानित हुने पत्रकारमा नवराज शर्मा, कमलचन्द्र सुमन, सूवर्णलाल श्रेष्ठ, भानुभक्त आचार्य, प्रताप विष्ट, कृष्णराम परियार, मोहनमान सांगामी, सम्झना कार्की, नानीमैया बिष्ट, राजन दाहाल, महेन्द्र श्रेष्ठ, रामकुमार एलन, रोशन पराजुली, सुरेश झा र राममणि दाहाल रहनुभएको छ । प्रेस सेन्टर नेपालले महिला पत्रकारहरुमा सुनसानी थिङ, उषा थामी, पविना लामा, कुमारी स्याङ्वो र मनिता दानीलाई सुत्केरी प्रोत्साहनस्वरुप पाँच हजार रुपैयाँ प्रदान गरेको हो ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्य तथा प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगल लगायतको पनि आतिथ्य रहेको थियो ।