मुख्यमन्त्री जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल नियुक्त भएका छन् । आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ढकाललाई मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
ढकाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पार्टीको अर्थ तथा योजना विभाग सदस्यसमेत हुन् । वर्षमान पुन अर्थमन्त्री हुँदा प्रमुख स्वकीय सचिव भएर काम गरेका ढकाल अर्थ राजनीति क्षेत्रमा दख्खल राख्छन् ।
उनी माओवादी केन्द्रमा अध्ययनशील युवा नेताको रूपमा परिचित छन् । उनले अर्थ राजनीतिसम्बन्धी दुईवटा पुस्तक लेखेका छन् । उनले हालै ‘समाजवाद र नेपाल’ नामक पुस्तक लेखेर सार्वजनिक गरेका थिए । उनले माओवादीको केन्द्रीय घोषणापत्र लेखन समितिका सदस्य भएर काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: