Bagmati Samachar Logo

बागमती प्रदेशको उपसभामुखमा एमालेकी चापागाईं निर्वाचित

हेटौँडा । बागमती प्रदेशको उपसभामुखमा अप्सरा चापागाईं निर्वाचित भएकी छन् । चापागाईँ नेकपा एमालेकी सांसद हुन । उनी सत्तागठबन्धनको तर्फबाट विजयी भएकी हुन् । एमाले समानुपातिक सांसद चापागाईंले ६१ मत प्राप्त गरिन् ।

सभामुखकी उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले ३ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सुना परियारको भने मत विभाजन भएन । नेकपा एमालेकी चापागाईं विजयी भएपछि परियारको मत विभाजन नभएको हो ।

बागमती प्रदेशका ११० मध्ये १०८ जना सांसदले मतदान प्रक्रियामा भाग लिएका थिए । यसअघि बागमती प्रदेश सभामुखमा राप्रपाका भुवन पाठक विजयी भएका थिए ।