Bagmati Samachar Logo

 पोखरामा डेमो उद्घाटन भएकै विमान दुर्घटना

काठमाडौं । पोखरामा डेमो उद्घाटन भएको १५ दिनमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विमान दुर्घटना भएको छ। जनवरी १ तारिखमा मात्र उद्घाटन भएको विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए। पुस १७ गते आन्तरिक उडान सुरु गरी नयाँ विमानस्थल सञ्चालनमा ल्याइएको थियो। पछिल्लो १५ दिनमा बुद्ध, यती, श्री एयरलाइन्स लगायतले नियमित उडान गर्दै आएका थिए।

यति एयरलाइन्सका अनुसार काठमाडौंबाट पोखराका लागि उडेको ९एन एनसी एटीआर ७२ नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ। सेती किनारामा दुर्घटना भएकोमा यात्रु संख्या ०६८ र चालक दलका ४ जना रहेका थिए।