Bagmati Samachar Logo

पोखरामा यति एयरलाइन्सको एटीआर जहाज दुर्घटना

काठमाडौं । पोखरामा यति एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएको छ। काठमाडौंबाट पोखराका लागि गएको यति एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो।

उक्त जहाजमा चालक दलका सदस्यसहित ६८ जना यात्रु रहेको कास्की प्रहरीले जनाएको छ।

विमानस्थलमा आगोको ठूलो मुस्लो देखिएको छ। त्यहाँ उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।