बागमती प्रदेशसभाका सभामुख पाठकले लिए सपथ
हेटौँडा । बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । आजमात्र सभामुखमा निर्वाचित भएका सभामुख पाठकले पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय हेटौँडामा पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।
राप्रपाका केन्द्रीय महामन्त्री समेत रहेका पाठक ६२ मत ल्याउँदै आज वागमती प्रदेशको दोश्रो सभामुखमा निर्वाचित भएका हुन् । पाठकलाई सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा सत्ता समर्थक हाम्रो नेपाली पार्टीका सांसदहरुले सभामुखमा समर्थन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: