बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम र दुइ मन्त्रीहरुको सपथग्रहण
हेटौंडा । बागमती प्रदेशमा आज बिहान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र दुइ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादब चन्द्र शर्माले मुख्यमन्त्री जम्मकट्टेललाई सपथग्रहण गराउनु भयो ।
हेटौँडा १० स्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा मओवादी केन्द्रका संसदीय दलका नेता जम्मकट्टेललाई शपथ गराएका हुन् । उन बागमतीको चौथो मुख्यमन्त्रीको रूपमा सोमबार नियुक्त भएका थिए ।
जम्मकट्टेललाई प्रदेशसभाका ५ दलका ७० सांसदको समर्थन छ । उन प्रदेशसभाको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा काम गरेका थिए ।
यसैगरी प्रदेश प्रमुख शर्माले फेरी एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धब थापालाई मन्त्री पदमा सपथग्रहण गराएका हुन्।
थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने थापालाई बिना बिभागिय मन्त्रीका रुपमा आज सपथग्रहण गराइएको हो । अरु सबै मन्त्रालय मुख्यमन्त्री जम्मकट्टेलले समालेका छन् । ७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् । उनलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।
एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २–२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्: