विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने : हामी मिल्दा देश अघि बढेको छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलहरू मिल्दा नै देशमा परिवर्तन सम्भव भएको बताएका छन् । उनले मंगलबार संसदमा विश्वासको मत माग्दै उक्त कुरा बताएका हुन् । उनले दलहरु मिल्दा देश पनि अघि बढेको दाबी गरे ।
मंगलबार संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने, हामी मिल्दा देश अघि बढेको छ, नमिल्दा पछि परेको छ । म यसपटक ठूलो आत्म स्वीकारोक्ति र आत्म समिक्षासहित रोष्ट्रममा उभिएको छु । यो कार्यकालमा केही राम्रो गर्ने अठोट छ ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई सबैले विश्वासको मत दिनेमा विश्वस्त रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्: