अब समस्यामात्रै केलाएर बस्ने छुट छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब समस्या मात्रै केलाएर बस्ने छुट नभएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब समस्या केलाएर बस्ने छुट नभएकाले समाधानको सूत्र पहिल्याउनु पर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रको आवश्यकताबारे विवकेपूर्ण निर्णय लिन सक्ने पनि विश्वास व्यक्त गरे ।
उनले नयाँ दल र सांसदको आगमन संसदको पुँजी भएको बताए । ‘म बिना इर्ष्या मनैदेखि भन्न चाहन्छु, यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो, प्रचण्डले भने, उहाँहरूमा केही गरौँ भन्ने हुटहुटी छ । तपाईंहरूलाई हृदयदेखि नै स्वागत छ ।’
प्रतिक्रिया दिनुहोस्: