बागमतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जम्मकट्टेल नियुक्त
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् ।
सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले माओवादी केन्द्रका संसदीय दलका नेता जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ७० सांसदको समर्थनसहित जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्: