माओवादीद्धारा पार्टी एकताका लागि महराको नेतृत्वमा कार्यदल गठन
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विभिन्न कम्युनिष्ट पार्टीहरुसंग एकता गर्नको लागि कार्यदल गठन गरेको छ ।
कार्यदल गठनको प्रमुख दुई कारण रहेको महासचिव देव गुरुङले बताए । उनले भने, ‘२६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसको लागि सबै दलहरुसंग विश्वासको मत माग्ने । भेटघाट गर्ने । अर्को सबै लेफ्टहरुसंग एकता गर्न कार्यदल गठन भएको हो ।’
उपलब्ध कार्यलयको टिम बसेर कार्यदल गठन गरेको महासचिव गुरुङले बताए । विभिन्न कम्युनिष्ट पार्टीहरुसंग एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा ‘प्रभाकर’, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् ।
शनिबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो । भट्टराई नेतृत्वको नेसपाले चुनावमा नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेको छ । उसले माओवादीसंग पार्टी एकता गर्ने तयारी गरेको छ ।
तर आज गठन गरेको कार्यदलले भने सबै लेफ्टहरुसंग एकतको लागि छलफल चलाउने र एकता हुन सक्ने संग छिटै एकता गर्ने । एकता नहुन सकेकासंग पनि छलफल जारी राख्ने गुरुङले बताए ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले समाजवादी केन्द्र बनाउने तयारी भएको केहि दिन पहिला कास्कीको पोखरामा बताएका थिए ।
माओवादीले नेकपा एकिकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, नेकपा बहुमतलगायत सबै कम्युनिष्टहरुसंग एकताका लागि छलफल गदै आएकोे छ । बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनका लागि सबै दलहरूसँग अपिल गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।
प्रतिक्रिया दिनुहोस्: