बागमती प्रदेशले २५ गते नयाँ मुख्यमन्त्री पाउने
हेटौंडा । बागमति प्रदेशमा २५ गते मुख्यमन्त्री पाउने भएको छ । आज बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीका लागि बहुमतसहितको दाबी पेस गर्न पाँच दिनको समय दिएर आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार शर्माले २५ पुस अपराह्न ४ बजेभित्रै दाबी पेस गर्न समय दिएका छन् । बागमतीको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनमा सहमति जुटेको छैन । केन्द्रमा हुने सहमति अनुसार नै मुख्यमन्त्री कुन दलले पाउने टुंगो लाग्ने नेताहरूले बताउँदै आएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले २६ पुसमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्: