Bagmati Samachar Logo

सत्तागठबन्धनका शिर्ष नेताहरु बालुवाटारमा छलफल गदै

काठमाडौं । सत्तागठबन्धनका शिर्ष नेताहरु बालुवाटरमा छलफलमा जुटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रचण्ड आफ्नो पार्टी संसदीय दलको नेता चयन भएलगत्तै बालुवाटार पुगेका हुन् । प्रचण्ड पुगेको केहि समयपछि नेपाल पनि बालुवाटार पुगेका हुन् ।

सरकार गठनका लागि दलहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समय सकिन अब ३ दिन मात्र बाँकी रहे पनि सरकार बनाउने सबैभन्दा बढी सम्भावना भएको सत्ता गठबन्धनमा पावर शेयरिङको विषयले औपचारिक प्रवेश नै पाएको छैन । प्रधानमन्त्रीमा कांग्रेस र माओवादी दुवैले दाबी गरेका छन् ।