कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
सोमबारदेखि नै सुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाको उम्मेदवारी परेको हो ।
देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ ।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर महामन्त्री थापाले दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन् । थापाको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल बसेका छन् ।

सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा लडेर पराजित भएका पौडेल अन्तिममा गगन थापाका पक्षमा खुलेका हुन् । योसँगै प्रदीपले देउवा समूह पनि छोडेका छन् ।
प्रतिक्रिया दिनुहोस्: