माओवादीले समानुपातिक सूची फाइनल गर्न सकेन
काठमाडौं । आज बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले समानुपातिक सूचि फाइनल गर्न सकेन् ।
सामानुपातिक सूचिलाई भोलि बस्ने पदाधिकारी बैठकले फाइन गर्ने सचिव देवेन्द्र पौडेले बताए ।
आज बसेको बसेको पदाधिकारी बैठकमा समानुपातिक सूचीका विषयमा छलफल भएको पौडेले बताए ।
समानुपातिक सूचीका विषयमा भोलि टुंगो लगाइने पौडेलले जानकारी दिए । ‘समानुपातिक सूचिका विषयमा छलफल भयो । भोली बिहान बस्ने बैठकले सबै नामका विषयमा टुङगो लगाउने छ ।’ माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।
बैठक भोली बिहान ८ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्: