गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेले नेकपा एसमा प्रवेश
काठमाडौं । मनाङबाट गण्डकी प्रदेशसभामा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनी आज सोमबार नेकपा एसमा प्रवेश गरेका हुन् ।
उनले आफ्नो नीति, सिद्धान्त र विचार मिलेकाले पार्टी प्रवेश गरेको उल्लेख गरेका छन् ।
‘मेरो यस पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेकका राजनीतिक पार्टीहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को रहेको र त्यसमा रकेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोँणबाट प्रभावित भइ आजैका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा आबद्ध हुँदै उक्त पार्टीको मार्गनिर्देशन अनुरुप जनसेवा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु ।’
मनाङे पार्टी प्रवेश गरेसँगै गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ एकीकृत समाजवादीको एक सिट भएको छ । यसअघि गण्डकी प्रदेशसभा प्रत्यक्षतर्फ यो पार्टी शून्य थियो । त्यस्तै नेकपा एसले गण्डकी प्रदेशसभामा थ्रेसहोल्ड कटाएको छ । जसका कारण समानुपातिकतर्फबाट पनि नेकपा एसका सांसद हुनेछन् ।
मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । यसपटक पनि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । अघिल्लो प्रदेशसभामा सत्ता समीकरण फेरबदल भइरहँदा मनाङे निर्णायक देखिएका थिए । जसका कारण उनले पटक(पटक मन्त्री बन्ने अवसर पनि पाए ।
एकीकृत समाजवादीमा प्रवेश गर्दै मनाङले सुरुमा आफूले ुस्वतन्त्र रूपमा रही जनताको सेवा गर्नेु निर्णय गरेको उल्लेख गर्दै अब भने राजनीतिक पार्टीको संगठनमा आबद्ध हुने निर्णय गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: