Bagmati Samachar Logo

मनकामना जाँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको बस दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । ना ६ ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् । बस आज बिहान ४ बजे दुर्घटना भएको थियो ।

दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।