हेटौंडा बसपार्कको तरकारी बजारमा आगलागी, लाखौंको क्षति
हेटौंडा । हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । टिसिएनको मिना साहको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको बताइएको छ । आगोलागीबाट लाखौ रुपैयाँको सामान जलेर नष्ट भएको छ ।

तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीय वासिन्दाहरुको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए। आगलागीबाट यहाँका आधा दर्जन भन्दा धेरै तरकारी पसल जलेर नष्ट भएको छ ।

आगलगी भएपछी बसपार्कभित्र रहेका ग्यासका शिलीण्डर पढ्कदा स्थानीय वासिन्दाहरु त्रसित भएका थिए । तरकारी बजार नजिकै रहेको होटलबाट सल्किएको आगो हेटौंडा उपमहानगरपालिकाको दमकल, शसस्त्र, जनपथ प्रहरी, स्थानीयहरुको सक्रियतामा करिब एक घण्टापछी नियन्त्रणमा आएको हो । हेटौंडाको मुख्य बजार क्षेत्रमा रहेको यस तरकारी बजारमा टिन र काठले बनाइएका पूर्वाधार भएकाले झनै आगलागी नियन्त्रण गर्न कठिन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: