Bagmati Samachar Logo

भारतबाट अबैध तरिकाले नेपाल ल्याएका माछा समातिए

हेटौंडा । मकवानपुर जिल्लामा भारतबाट अबैध तरिकाबाट ल्याएका माछ समातिएको छ । नेपाल मत्स्य व्यवसायी संघ चितवनको पहलमा मकवानपुरको अस्थायी प्रहरी पोष्ट भैंसेमा समातिएको छ । अबैध तरिकाले नेपाल भित्र्याएका जिउँदो माङुर जातको माछा ५० केजी र नैनिको छडी जातको माछा १२० केजी काठमाण्डौ लाँदै गर्दा समातेर नस्ट गरेको हो ।

माङुर जातको माछा मानव स्वास्थ्यलाई असर गर्ने र जलवायु विधितामा खलल पुर्याउने भएकाकारण नेपालको कानुनले यो जातको माछालाई प्रतिबन्ध लगाएको छ । छडी जातको माछा सडेको र राम्रो एकै टोकरीमा मिसाएको अवस्थामा रहेको थियो । भारतमा कम मुल्यमा माछा पाउने र त्यसमा पनि भन्सार छलेर ल्याए पछि कम मुल्यमा नेपाली बजारमा बेच्न सक्ने हुन्छ ।

त्यसो हुँदा नेपालका माछा पालक कृषक र व्यवसायीहरु मारमा पर्र्न गरेका छन् । सरकारको राजस्वमा पनि प्रभाव पर्ने भएकाले यसरी भित्र्याएको माछा नस्ट गरेको बागमती प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्तनिर्देशक ब्रजकिशोर ठाकुरले बताए । नेपाल मत्स्य व्यवसायी संघको सहभागीतामा भारतबाट अबैध तरिकाले माछा भित्र्याउन सक्ने भन्दै सिन्धुली नाका , भरतपुरको रामनगर नाका र मकवानपुरको भैंसे नाकामा निगरानी गरिएको नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय महासचिव योगेन्द्र महतोले बताए ।
पक्रेमा माछालाई खोला छेउ खाल्डो खनेर खाल्डोमाहाली नष्ट गरिएको छ ।