Bagmati Samachar Logo

निर्वाचन आयोगले भन्यो : मतदाता एक करोड ७९ लाख ८८ हजार ५७०

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।

यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो । आयोगका अनुसार कुल संख्यामध्ये ८८,४७,५७९ महिला, ९१,४०,८०६ पुरुष र १८५ जना अन्य रहेका छन् । यस्तै १०,८९१ मतदान स्थल र २२,२२६ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।​