हेटौंडामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु
हेटौंडा । हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृत्यु भएको हो ।
पूर्व–पश्चिम सडकखण्डको हेटौंडा–९ मा हेटौंडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना ४ ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएर बाइकमा सवार विक गम्भीर घाइते भएकी थिइन् । घाइते विकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
मृत्यु भएकी विकका श्रीमान् २९ वर्षीय आदर्श विकको भने हातमा सामान्य चोट लागेको छ । विककै ५ वर्षीय छोरा आशिक विकको पनि टाउकोमा सामान्य चोट लागेको छ । घाइते आदर्श र आशिकको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्: