Bagmati Samachar Logo

बुहारीले सासू कुटिरहेको भिडिओ खिच्ने बालकलाई प्रहरीले गर्‍यो सम्मान

काठमाडौ । पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५३ वर्षीय जैसरा न्यौपानेलाई कुटपिट गरिरहेको भिडिओ खिचेर सार्वजनिक गरेका ११ वर्षीय बालक दीपेन्द्र न्यौपानेलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मानित गरेको हो।

अछाममा दुई बुहारीहरुले सासूमाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको भिडिओ खिच्ने बालकलाई प्रहरीले सम्मान गरेको छ।

उनले खिचेको भिडिओकै कारण पीडकलाई कानुनी कारबाही अघि बढाउन मद्दत मिलेको भन्दै सम्मान गरिएको हो। प्रष्टसँग बोल्न नसक्ने जैसरामाथि घरायसी विषयलाई लिएर अभद्र व्यवहार गर्दै दुवै बुहारीले कुटपिट गरेका हुन्।

कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनकी बुहारी ३० वर्षीय देवसरा न्यौपाने र ३५ वर्षीय धर्मा न्यौपानेविरुद्ध अमानवीय व्यवहारको मुद्दा दर्ता गरिएको छ।