प्रतिबन्धित लागु औषध ४५६ एम्पुलसहित १ जना ब्यक्ति पक्राउ
काठमाडौं । गत राती टेकु स्थित कनक पेट्रोल पम्प नजिकै एक जनालाई प्रतिबन्धित लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ । केहि ब्यक्तिहरु नियन्त्रित लागु औषध बिक्री बितरण, ओसार पसार तथा सेवन लगायतका कार्यमा संलग्न रहेका् भन्ने सूचनाका आधारमा पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

तत्काल प्रहरी बृत्त कालिमाटीबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली खटी लागु औषध सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं.२ बस्ने बर्ष ५५ को गौतम थापा पक्राउ परेका हुन् । उनको साथबाट डाइजेपाम १४८ एम्पुल, नुर्फिन १४८एम्पुल,फेनारगन १६० एम्पुल, नाइट्राजेपाम २० ट्याब्लेट सहित उनको साथबाट बा ९२ प ६५७७ नम्वरको यामाहा कम्पनीको स्कुटी,मोबाइल सेट थान २ र नगद रु २२,०००।(बाइस हजार) बरामद गरेको छ ।
पक्राउमा परेका ब्यक्ति गौतम थापालाई लागु औषध नियन्त्रण ऐन,२०३३ को कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट १० दिनको म्याद थपि अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: