काठमाडौं महानगरले अल्फाबिटामा चलायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले अल्फाबिटा भवन अगाडि बनेका अवैध संरचनाहरु भत्काएको छ । पार्किङ खाली गर्नका लागि अवैध रूपमा बनाइएका संरचनाहरू भत्काउन महानगरले डोजर लगाएर भत्काएको हो ।

बानेश्वरस्थित अल्फाबिटा भवनमा पार्किङका लागि नक्सा पास गरिएको भए पनि अनधिकृत रूपमा पसल सञ्चालन गरेकाले खाली गराउनु परेको महानगरले जनाएको छ ।

मेयर बालेन डोजरसहित अल्फाबिटा भवनमा पुगेर डोजर चलाउन सुरु गरेका हुन् । बालेनले अल्फाबिटाको नक्सा देखाउँदै सामान हटाउन निर्देशन दिएसँगै डोजर चल्न सुरु भएको थियो । यता अल्फाबिटाले भने केही समय संरचना नभत्काउन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: