Bagmati Samachar Logo

हेटौंडामा स्कुल बस सहित ४ सवारी एक आपसमा ठोक्किदा १५ जना घाईते

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडामा स्कुल बस सहित ४ सवारी एक आपसमा ठाक्किदा १२ जना भन्दा बढी घाईते भएका छन् ।

सोमबार बिहान हेटौंडा १५ को रातोमाटे नजिक ठूलो ट्रक,ट्याङकर,स्कुल बस र कार एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उनले भनेः ४ वटा सवारी ठोक्किएका छन् । १५ जना सामान्य घाईते भएका छन् । मानविय क्षती भएको छैन् । सबैलाई हेटौंडा अस्पताल ल्याएको छन् ।