मिटरब्याजीलाई कारबाहीको माग गर्दै सिरहामा प्रदर्शन
काठमाडौं । मिटरब्याजीलाई कारबाहीको माग गर्दै पिढतिहरुले आइतबार सिरहामा प्रदर्शन गरेका छन्। मिटरब्याजीहरुबाट आफूहरु पीडित भएको भन्दै उनीहरुले कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा प्रदर्शन गरेका छन्।
सम्रिका महतो, श्रद्धादेवी साह, गीता देवीलगायत मिटरब्याजीबाट दर्जनौं व्यक्ति पीडित भएको बताए। लामो समयदेखि तराईका बिभिन्न जिल्लाहरुमा पिढीतहरु मिटरब्याजीका कारण घरबारविहीन हुनु परेको अवस्था छ।
गृह मन्त्रालयले मिटरब्याजीलाई कारबाही गर्न निर्देशन दिए पनि कारबाही नभएको गुनासो उनीहरुको छ।मिटरब्याजीहरुबाट पीडित बनेकाहरुलाई संगठित गर्ने नेतृत्व गरिरहेका मनोज पासवानले भने पीडकसँगको मिलमेतामो सिडिओले मुद्दा दर्ता नगरेको आरोप लगाए ।
यसैगरी आन्दोलनमा सहभागी संघर्ष दाहालले पनि तत्कालै मिटरब्याजीहरुलाई कानूनी कठघरामा ल्याउनुपर्ने बताउँदै नल्याएसम्म आन्दोलन जारी रहने बताए।
प्रतिक्रिया दिनुहोस्: